भारतमा जारी साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले जारी खेलको मध्यान्तर भएको छ । पहिलो हाफसम्ममा नेपाल १–० ले पछि रहेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलमा भारतले खेलको ३५औँ मिनेटमा नेपाली गोलरक्षक ईश्वर गुरुङको गल्तीको मौका सदुपयोग गर्दै खेलमा अग्रता लिएको हो । पहिलो हाफमा नेपालले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।
यसअघिका दुई खेलमा नेपालले राम्रो गोलस्कोरिङ क्षमता देखाएको थियो । त्यही बलमा नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल मात्र जितेको छ ।
आजको खेललाई नेपालले निकै महत्वपूर्ण छ । खेलमा विजयी भए नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित भए फाइनल प्रवेश गरिसकेको बंगलादेशसँगको अन्तिम खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । यसअघि नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० गोलअन्तरले पराजित गरेकाले नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।
साफ यू–२० : पहिलो हाफमा भारतको अग्रता
सुझावित समाचार
सुरु भयो क्रिकेट महोत्सव
नेपाली क्रिकेटको महाउत्सव एनपिएलको तेस्रो सिजन आजदेखि, उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई सिजनमै फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा । यसपटक आइसिसीको मान्यता, नयाँ प्रविधि र चर्चित विदेशी खेलाडी भित्रिएसँगै क्रिकेटप्रेमीका लागि झन् विशेष बन्दै एनपिएल
इंग्ल्यान्डमाथि पाकिस्तानको सनसनीपूर्ण जित
काठमाडौं । त्रिकोणात्मक एकदिवसीय प्रतियोगितामा इंग्ल्यान्डमाथि पाकिस्तानले सनसनीपूर्ण जित हात पारेको छ। अन्तिम विकेटका लागि ८९ र…
एनपिएलमा म्याच फिक्सिङको निगरानी गर्न प्रहरीको विशेष टोली
काठमाडौं/ सोमबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग(एनपिएल)मा नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ। रंगशालाको स…
एसिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख दिने
काठमाडौं/ नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी एसिया कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार…
एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा
काठमाडौं/ सोमबारदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनमा पाकिस्तान खेलाडीको सहभागि…
२६औँ आहा ! रारा पोखरा गोल्डकप ५ माघदेखि
कास्की/ ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने मूल नार…