एनपिएलमा म्याच फिक्सिङको निगरानी गर्न प्रहरीको विशेष टोली

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सोमबारदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग(एनपिएल)मा नेपाल प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ। रंगशालाको सुरक्षादेखि सम्भावित म्याच फिक्सिङ हेर्नेसम्मका टोली खटाइएको छ। 

नेपाल क्रिकेट संघ(क्यान)सँग मिलेर सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ। अनलाइन बेटिङदेखि म्याच फिक्सिङसमेत निगरानीका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापाले बताए। 

म्याच फिक्सिङको निगरानीमा क्यानको स्वतन्त्र टिम पनि बनाएको छ। साथै, केन्द्रीय अनुसन्धान ब्युरोबाट छुट्टै निगरानी गर्न लागिएको छ। 

त्यस्तै, बेटिङ नियन्त्रणका लागि पनि प्रहरीले निगरानी बढाएको छ। खेलाडीको सुरक्षादेखि रंगशालाको सुरक्षामा एक हजारभन्दा धेरै प्रहरी खटाइएको छ। साथै, सशस्त्र प्रहरीलाई पनि रंगशालाको बाहिरी सुरक्षामा खटाइएको छ। 
 

सुझावित समाचार