काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा पुरस्कार राशि वृद्धि गरिएको छ। प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशिबारे जानकारी गराएको हो।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार यो संस्करणको विजेताले एक करोड ५० लाख, दोस्रो हुनेले ८० लाख, तेस्रोले ४० लाख र चौथोले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
पहिलो संस्करण र दोस्रो संस्करणको विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गरेका थिए।