इंग्ल्यान्डमाथि पाकिस्तानको सनसनीपूर्ण जित

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय प्रतियोगितामा इंग्ल्यान्डमाथि पाकिस्तानले सनसनीपूर्ण जित हात पारेको छ। अन्तिम विकेटका लागि ८९ रनको साझेदारी गर्दै पाकिस्तानले एक विकेटको विजय हात पारेको हो। 

सुरुमा ब्याटिङ गरेको खेलमा इंग्ल्यान्ड २४१ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङमा पाकिस्तानले १५४ रनमै ९ विकेट गुमाएर हारको नजिक पुगेको थियो। तर, आठौँ नम्बरमा ब्याटिङ गरेका सदब खानले सनसरीपूर्ण ब्याटिङ गर्दै जित निकालेका हुन्। उनले ९६ बलमा अविजित ११३ रन बनाए भने अर्का ब्याट्सम्यान ह्यारिस रफले १९ बलमा ७ रनको योगदान दिए। 

४४.२ ओभरमा सदबलाई अम्पायरले एलबिडब्लु आउट दिएपछि इंग्ल्यान्डले जितको खुसी मनाइसकेको थियो। तर, रिभ्यु लिने क्रममा ब्याटमा बल लागेको देखिएपछि आउटको निर्णय उल्टियो । त्यसपछि उनले जित दिलाए। 

पाकिस्तान, इंग्ल्यान्ड र श्रीलंकाबिचको यस सिरिजमा लगातार जितसँगै पाकिस्तान फाइनलमा पुगेको छ । इंल्याण्डले एउटै खेल जितेको छैन। श्रीलंकाले एक खेल जितेको छ । 
 

See More On

सुझावित समाचार