जोरा र लोकेशको अर्धसतकमा जापानलाई १५० रनको विशाल लक्ष्य

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

सन्दिप जोरा र लोकेश बमको आक्रमक अर्धसतक मद्दतमा नेपालले २०औँ एसियाली खेलकुद आयोजक जापानलाई १५० रनको विशाल लक्ष्य दिएको छ । शनिबार आइचीको निशिनस्थित कोरोगी मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।  वर्षका कारण खेल ५ ओभर छोटाइएको थियो।

सन्दीप जोरा र लोकेश बमले अर्धशतक बनाएपछि नेपाल बलियो योगफल बनाएको हो । सन्दीपले ३२ बलमा ५७ रन बनाएका छन्। उनले ५ चौका र ३ छक्का प्रहार गरे । सन्दीपको यो करियरकै पाँचौं अर्धशतक हो। उनी जापानमा पहिलो अर्धशतक प्रहार गरे नेपाली खेलाडी बने। 

लोकेशले २२ बलमा ५२ रन बनाएका छन्। उनले १ चौका र ६ छक्का प्रहार गरेका छन्। पाँचौं विकेटका लागि सन्दीप र लोकेशबीच ३० बलमा ६५ रनको साझेदारी भएको थियो ।

फेरि एकपटक अर्का ओपनर कुशल भुर्तेल चार रन बनाएर आउट भए । यस्तै आशा गरिएका हिटर कुशल मल्ल र गुल्शन झा पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओपनर आरिफ शेख २१ रन बनाएर आउट भए थिए ।

समुहको पहिलो खेलमा नेपालले टेस्ट रास्ट्र अफगानिस्तानलाई ५ विकेटले हराउदै विजयी सुरुवात गरेको थियो । जापानलाई हराउदै नेपाल समुह विजेता बन्ने लक्ष्यमा छ ।

सुझावित समाचार