ग्लोबल आइएमईले पायो ‘युरोमनी अवार्ड फर एक्सलेन्स’

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेड ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ । बुधबार बेलायतको लन्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड लिएका हुन् ।

 यो वर्षको विश्वकै उत्कृष्ट बैंकको उपाधि भने अमेरिकाको बैंक अफ अमेरिकाले प्राप्त गरेको छ ।  सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक मात्र प्रतिष्ठित अवार्ड रहेको बैंकले जनाएको छ । ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको बैंकले उल्लेख गरेको छ । युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको जनाइएको छ । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेको बैंकको भनाइ छ । 

बैंकले हाल ७७ वटै जिल्लामा दुई सय ८९ शाखा, दुई सय ६२ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । 

सुझावित समाचार