नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर पाँच रुपैयाँ बढाएपछि वायुसेवा सञ्चालकले पनि हवाई भाडा प्रतियात्रु दुई सय २० रुपैयाँ बढाएका छन् । मूल्य बढेपछि हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ९० रुपैयाँ पुगेको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटमा प्रतियात्रु दुई सय २० रुपैयाँ हवाई भाडा वृद्धि गरेको छ । यस्तै, काठमाडौं–विराटनगर एक सय २५, काठमाडौं–भद्रपुर एक सय ५०, काठमाडौं–जनकपुर ६५, काठमाडौं–भरतपुर ५५, काठमाडौं–पोखरा ८०, काठमाडौं–भैरहवा सय, काठमडौं–नेपालगन्ज एक सय ६५, काठमाडौं–सिमरा ४५, काठमाडौं–तुम्लिङटार ९५, काठमाडौं–सुर्खेत एक सय ७० रुपैयाँ भाडा वृद्धि भएको छ ।
यस्तै, पोखरा–सिमरा एक सय १०, पोखरा–नेपालगन्ज एक सय १५, पोखरा–विराटनगर एक सय ८०, पोखरा–जनकपुर एक सय ३५, पोखरा–भद्रपुर दुई सय पाँच सय रुपैयाँ हवाई भाडा बढेको संघले जनाएको छ ।