एसिया प्यासिफिक बास्केटबल २३ असारदेखि

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

एसिया प्यासिफिक कलेजको आयोजनामा एसिया प्यासिफक एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिताको पुरुषमा २४ तथा महिलामा १६ गरी ४० टोलीको सहभागिता रहने एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले जनाएका छन् ।

खेल लिग कम नकआउट आधारमा हुनेछ । प्रिन्सिपल घिमिरेले विद्यार्थीमा अन्तर्निहित क्षमताको विकास र प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । 

सुझावित समाचार