गठबन्धनलाई एमालेले सहजै जित्छ : योगेश भट्टराई

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

एमाले सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा गठबन्धन पक्षलाई सहजै पराजित गर्ने बताएका छन् । जति गठबन्धन भएपनि एमाले एक्लै चुनाबी मैदानमा जान र जनताको मन जित्न सक्षम रहेको उनको दाबी छ । 

उनले स्वस्थ्य र मर्यादित प्रतिष्पर्धाका लागि राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वानसमेत गरे । प्रेस चौतारी ताप्लेजुङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले हिजोका तीता मिठा बिर्सिएर पार्टी जिताउने महान अभियानमा लाग्न जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

एमालेले सरकारका रहँदा प्रतिकुल परिस्थतिलाई सहज बनाउन खेलेको भूमिका र गरेका रचनात्मक कामका कारण एमालेप्रति जनतामा रहेको आर्कषण र पछिल्ला दिनहरूमा भइरहेको पार्टी प्रवेशले उत्साही बनाएको उनले जिकिर गरे ।

सुझावित समाचार