मतदानको दिन आन्तरिक उडान बन्द गरिने

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन आन्तरिक उडानहरू बन्द हुने भएका छन् ।

स्थानीय निर्वाचनको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द हुने भएकाले निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९’ बमोजिम आन्तरिक वायुसेवा कम्पनीहरूले पनि आफ्नो नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघले निर्णय गरेको हो ।

तर, मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानहरू भने नरोकिने बताइएको छ । 

सुझावित समाचार