काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकले दसैँको उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै आफ्नो नयाँ अभियान ‘दसैँ धमाका २०२६’ सार्वजनिक गरेको छ। अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ, जसमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एकजनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।
अभियानमा १८ जनाले यामाहा एफ जेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे–जेडआर स्कुटर प्राप्त गर्नेछन्। त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन्।
कम्पनीका अनुसार ‘दसैँ धमाका २०२६’मार्फत उपभोक्ताले उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्य अभियानको रहेको कम्पनीले जनाएको छ ।