सुरक्षा निकायको सहयोग लिएर आजबाट उपत्यकाको फोहोर ढुवानी गरिँदै

शनिबार, २४ बैशाख, २०७९
डिजिटल संस्करण

सुरक्षा निकायको सहायता लिएर आजदेखी उपत्यकाको फोहोर ढुवानी गरिदै छ। पासाङ ल्हामु सडकखण्ड कालोपत्र गर्न माग राख्दै स्थानीयले अवरोध गर्दै आएपछि काठमाडौंका सडक किनार दुर्गन्धित बनेको धेरै भइसकेको छ । सडक निर्माणलगायत माग राखेर स्थानीयले यही बैशाख ११ गतेदेखि  पछिल्लो पटक फोहोर ढुवानी अवरुद्ध गर्दै आएका छन् ।

सडक निर्माण हुँदैछ तर अहिले स्थानीयले राजमार्गबाट फोहोर ढुवानी गर्न कुनै पनि हालतमा नदिने भन्न थालेका छन्। अवस्थाका बारेमा जानकारी दिँदै महानगरको वातावरण तथा कृषि बिभागका निर्देशक प्रमुख सरिता राईले अवस्था र योजना जानकारी गराउँदै हिजो गृह मन्त्रालयलाई पत्र पठाएको बताइन् । उनले आजदेखि सुरक्षा निकायको सहायता लिएर आजदेखी उपत्यकाको फोहोर ढुवानी गरिन लागेको जानकारी दिएकी छन् । 

See More On

सुझावित समाचार