योनेक्स सनराइजसँग प्रिन्सको चारवर्षे सम्झौता

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

विश्व जुनियर ब्याडमिन्टन वरीयताको शीर्षस्थानमा रहेका नेपाली खेलाडी प्रिन्स दाहाल र योनेक्स सनराइजबीच सम्झौता भएको छ । सम्झौताअनुसार योनेक्सले प्रिन्सलाई वार्षिक आठ लाख रुपैयासँगै आवश्यक सबै खेल सामग्री उपलब्ध गराउनेछ भने प्रिन्सले हरेक प्रतियोगितामा योनेक्सको लोगो अंकित खेल सामग्री प्रयोग गर्नु पर्नेछ ।

मंगलबार आयोजित कार्यक्रममा योनेक्स सनराइजका तर्फबाट नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजका प्रोपाइटर राजु बास्तोला र दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता चार वर्षका लागि भएको हो । 

सम्झौताअनुसार हरेक अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागिता र जितको रकमसमेत योनेक्सले उपलब्ध गराउनेछ । साथै प्रिन्सले इन्डोनेसिया वा भारतमा प्रशिक्षणको अवसरसमेत पाउनेछन् । योनेक्सले उनलाई आवश्यक पर्ने खेल सामग्री र पोसाक पनि हस्तान्तरण गरेको छ । ‘प्रिन्सको सम्भावना धेरै छ, प्रतिभावान् खेलाडीलाई पनि योनेक्सबाट सहयोग र सम्झौताको लागि बाटो खुलेको छ,’ बास्तोलाले भने । 

See More On

सुझावित समाचार