लिग २ मा आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

सोमबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ मा नेपालले आज सोमबार ओमानको सामना गर्दै छ। खेल ओमानको अल अमिरात मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

लिग २ मा खराब प्रदर्शन गरेको नेपालका लागि यो अन्तिम खेल हो। लिगको शीर्ष ६ मा रहँदै एकदिवसीय क्रिकेट (ओडिआई) मान्यता जोगाउन नेपाललाई ओमानसँगको खेल जित्नैपर्ने दबाब छ।

३५ खेलबाट २८ अंकसहित नेपाल सातौँ स्थानमा छ। ३१ खेलमा ३३ अंकसहित ओमान चौथो स्थानमा छ भने नामिबिया पाँचौँ र क्यानडा छैटौँ स्थानमा छन्। ३६ खेल खेलिसकेका नामिबिया र क्यानडाले क्रमशः ३३ र २९ अंक बटुलेका छन्।

सुझावित समाचार