कोल्टीमा विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

बाजुराको बुढीनन्दा नगरपालिकामा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि उपचार गराउने बिरामीहरूको घुइँचो लागेको छ।

जिल्लाको उत्तर–पूर्वी भेगमा रहेका चार स्थानीय तह तथा मुगु, हुम्ला, कालिकोटलगायत जिल्लाबाट मानिस उपचार गर्न आएका गण्डकी मेडिकल कलेजका अधिकृत नरेश उपाध्यायले बताए। बुढीनन्दा प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापक नृपराज गिरीको अध्यक्षतामा बुढीनन्दा नगरपालिकाले सञ्चालन गरेको शिविरमा गण्डकी मेडिकल कलेज पोखराको सहयोग रहेको छ।

सुझावित समाचार