सुर्खेत/ जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका विभिन्न स्थानबाट १८ नाल भरुवा बन्दुक फेला पारेको छ। प्रहरीले विशेष सूचनाका आधारमा १८ नाल भरुवा बन्दुक फेला पारेको जनाएको छ।
सुर्खेतको चौकुने गाउँपालिका–७, सान्नेघारीको जंगलमा लुकाइछिपाई राखेको ५ नाल भरुवा बन्दुक फेला पारेको छ। यसैगरी, अस्थायी प्रहरी चौकी लगामसमेतबाट खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–१, धामिसेनस्थित जंगलमा लुकाइछिपाई राखेको १२ नाल भरुवा बन्दुक फेला पारेको छ।
यसैगरी, प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले बराहाताल गाउँपालिका–१, ज्यामिरेको जंगलमा लुकाइछिपाई राखेको १ नाल भरुवा बन्दुक गरी जम्मा १८ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। फेला पारेका भरुवा बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।