खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो। रामेछाप घर भएकी उनी कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार थिइन् । 

यसअघि सिआइबीले रामेछापकै कांग्रेस नेता भरत चौलागाईं र दोलखाकी बालिका सिवाकोटीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूले प्रधानमन्त्रीका सल्लाहकारसँग सेटिङ मिलाएर इजरायल पठाइदिने भन्दै करिब पाँच करोड उठाएका थिए। त्यसमध्ये एक करोड नेतृ खड्काको खातामा भेटिएपछि उनलाई पक्राउ गरिएको सिआइबी स्रोत बताउँछ । यसमा अर्का एक व्यक्तिलाई पनि सिआइबीले पक्राउ गरेको छ । 
 

सुझावित समाचार