सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँ पुगेको छ। पहेँलो धातु बिहीबार प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक रुपैयाँ तोकिएको छ। यसको मूल्य बिहीबार प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार चार सर १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
बजारमा यो साता पहिलो कारोबार दिन आइतबार प्रतितोला एक लाख एक हजार नाै सय रुपैयाँमा किनबेच भएको सुन बुधबार हालसम्मकै महँगो हुँदै एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नाै सय ८८ डलर आसपास कारोबार भइरहेको छ। रासस