पोखरा फाइनान्सका ग्राहकले कोरियन एस्थेटिकमा १५ प्रतिशतसम्म छुट पाउने

बिहिबार, २२ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ पोखरा फाइनान्स लिमिटेडका ग्राहकले पोखराको चिप्लेढुंगास्थित कोरियन एस्थेटिकमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि फाइनान्स र लेट मी इन प्रालि (कोरियन एस्थेटिक)बिच सम्झौता भएको छ ।

पोखरा फाइनान्स र लेट मी इन प्रालि (कोरियन एस्थेटिक)बिच ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाले पोखरा फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा कोरियन एस्थेटिकमा उपलब्ध सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यबाट पोखरा फाइनान्सका खातावाला लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ । पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङ, सिआस्बालगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडलगायतका डिजिटल बैंकिङ सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

सुझावित समाचार