सेन्चुरी तयारी चाउचाउ बजारमा

बिहिबार, २२ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै सेन्चुरी चाउचाउ बजारमा ल्याएको छ । लामो समयदेखि मसला तथा स्न्याक्स उत्पादन गर्दै आएको सेन्चुरी ब्रान्डले अब तयारी चाउचाउको बजारमा पनि उपस्थिति जनाएको हो ।

कम्पनीका अनुसार नेपाली उपभोक्ताको स्वाद, रुचि र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर नयाँ स्वादको नुडल्स विकास गरिएको छ । व्यस्त जीवनशैलीका कारण छिटो र सहज तयार हुने खाद्य पदार्थको माग बढिरहेका वेला  फरक स्वादको उत्पादन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । 

नयाँ उत्पादनको प्रवर्द्धनका लागि काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटका बौद्ध, नक्साल, महाराजगन्ज र ललितपुर स्टोरमा विशेष स्टल सञ्चालन गरिएको छ । सेन्चुरी ग्रुप नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यावसायिक समूह हो । समूहले खाद्य उद्योगअन्तर्गत सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्समार्फत मसला, स्न्याक्स तथा तयारी खाद्य उत्पादनको दायरा विस्तार गर्दै आएको छ । 

सुझावित समाचार