काठमाडौं/ सामसुङ नेपालले आफ्नो ग्यालेक्सी ए सिरिजको इन्ट्री लेभललाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए०८ एलटिई फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट ब्याट्री क्षमता, ठुलो डिस्प्लेसहित एआई फिचरसमेत भएको फोन बजारमा ल्याएको हो ।
ग्यालेक्सी ए०८ एलटिइमा ६.७ इन्चको ठुलो डिस्प्ले रहेको छ । जुन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रंगमा उपलब्ध छ । ६ हजार एमएएचको ठुलो ब्याट्री रहेको छ । यसमा ५० मेगापिक्सल क्षमताको क्यामेरा रहेको छ । ग्यालेक्सी ए०८ एलटिईको मूल्य र्याम र स्टोरेज क्षमताअनुसार ३४ हजार ४ सय ९९ रुपैयाँ देखि ४७ हजार ४ सय ९९ सय तोकिएको छ । यी फोन १२ महिने किस्ता सुविधामा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायत फोन खोजिरहेका युवाका लािग यो फोन बनाइएको कम्पनीले दाबी गरेको छ । सामसुङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणयरत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले ग्यालेक्सी प्रयोगकर्तासम्म नवीनतम् प्रविधि पुर्याउँदै ए, आईको पहुँचलाई सर्वसुलभ बनाउने आफूहरूको प्रतिबद्धतालाई नयाँ फोनले झल्काउने बताए ।