काठमाडौं/ नेपाल एसबिआई बैंकले वृद्धाश्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम)लाई अत्यावश्यक सामग्री सहयोग गरेको हो ।
असहाय, घरबारविहीन र शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले अत्यावश्यक सामग्रीहरू प्रदान गरेको हो । कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीणमुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला, कोशी प्रदेश प्रमुख दमयन्ती जोशी र बैंक तथा आश्रमका अन्य पदाधिकारीहरूसमेतको उपस्थिति रहेको थियो । समुदायस्तरमा यस्ता गतिविधि समय–समयमा गर्दै आइरहेको बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१, धरान रोडमा रहेको बैंकको इटहरी शाखा सोही उपमहानगरपालिकाको वडा नम्बर– ९ स्थित विष्ट कम्प्लेक्समा स्थानान्तरण गरेको छ । त्यसैगरी, इलाम नगरपालिका– १ इलाम बजारमा रहेको शाखा, सोही नगरपालिकाको वडा नम्बर– ७ स्थित इलाम बजारमा स्थानान्तरण गरेको छ ।