सिरियाले रुसलाई समर्थन गर्ने

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

सिरियाका राष्ट्रपति बसर अल असदले रुस–युक्रेन युद्धमा आफ्नो देशले रुसको समर्थन गर्ने बताएका छन् । सिरियाली राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा असदले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई टेलिफोन गरेर युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमलाई समर्थन गर्ने बताएका हुन् । 

टेलिफोन वार्ताका क्रममा उनीहरूबीच युक्रेनको अवस्था र डोनबास क्षेत्रमा नागरिकहरूको सुरक्षा गर्न रुसले गरेको ‘विशेष सैन्य कारबाही’का बारेमा कुरा गरेका छन् । छलफलका क्रममा राष्ट्रपति असदले रुसले जहाँ उभिएको छ त्यो ठीक भएको आधारमा रुसलाई सिरियाको समर्थन रहेको बताएका हुन् । 

See More On

सुझावित समाचार