सेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ। नेप्से १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले घटेको छ।
बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५६ लाख ५२ हजार २८२ कित्ता सेयर तीन अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँमा कारोबार भएको छ। मंगलबार ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूह राताम्मे भएका छन् भने अन्य उपसमूह ०.४४ र निर्जीवन बिमा उपसमूह ०.१४ प्रतिशतले बढेको छ। बुधबारको कारोबारमा नेप्से परिसूचक गिरावट भए पनि गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ३.४४ प्रतिशतले बढेको छ। त्यस्तै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ३.२३ प्रतिशत, एनआइसी एसिया ब्यालेन्स्ड फन्ड २.८७ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २.७९ प्रतिशतले बढेको छ।
आज एभरेस्ट इन्स्योरेन्सको सबैभन्दा बढी ५.९६ प्रतिशतले गिरावट आएको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा २१ करोडभन्दा बढीको सेयर खरिदबिक्री गरेर अपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। नेसनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।