आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५ अंकले बढेको छ। आज नेप्से परिसूचक १५.७१ अंकले बढेर दुई हजार ८५१.८६ बिन्दुमा पुगेको छ। त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले बढेर ५३५.३१ बिन्दुमा पुगेको छ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता सेयर पाँच अर्ब दुई करोड २० लाख १७ हजार १८१ रुपैयाँमा कारोबार भएको छ। आइतबारको तुलनामा आज कारोबार रकममा केही गिरावट आएको छ। आइतबार पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो।
सोमबार १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी लगानी उपसमूहको परिसूचक ३.०६ प्रतिशतले वृद्धि भएको छ। अन्य उपसमूहको परिसूचक २.४१ प्रतिशत, र्निजीवन बिमा कम्पनीको ०.५८ प्रतिशत, विकास बैंकको ०.५२, व्यापार ०.४८, वित्त ०.३६, जलविद्युत् ०.२ प्रतिशतले बढेको छ। यता, बैंकिङ उपसमूहको सबैभन्दा धेरै ०.२१ प्रतिशत, होटेल तथा पर्यटन ०.१४ प्रतिशत र लघुवित्तको ०.०८ प्रतिशतले गिरावट आएको छ।
आज सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंकको शेयरमूल्य ८.४२ प्रतिशतले बढेको छ। यस्तै, छ्याङ्दी हाइड्रोपावरको ६.८३ प्रतिशत र सानिमा लाइफको शेयर मूल्य ५.०४ प्रतिशतले बढेको छ।