स्थानीय तह निर्वाचनबारे आयोगका पदाधिकारीहरूसँग परामर्श गर्दै प्रधानमन्त्री

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार छलफल प्रधानमन्त्रीनिवास बालुवाटारमा हुन लागेको हो। प्रधानमन्त्री देउवाले निर्वाचनको मिति तोक्न आयोगका पदाधिकारीसँग परामर्श गर्न लागेका हुन्। आयोगले भने जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नैपर्ने संवैधानिक बाध्यता रहेको बताउँदै आएको छ।

सुझावित समाचार