विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगाको क्युआर कोड भुक्तानी

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा क्युआर कोड प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रालिसँग आबद्ध ट्याक्सीका चालकलाई क्युआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरेकी हुन् । यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरूलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने बैंकले विश्वास व्यक्त गरेको छ । 

एयरपोर्ट ट्याक्सी प्रवर्द्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटलाइज गर्ने तथा यात्रुहरूलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पु¥याउने उद्देश्यले ट्याक्सीमा क्युआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर, देवकोटा चोकका शाखा प्रबन्धक विनोदराज थापाले बताए ।   

सुझावित समाचार