विदेशबाट फर्किएका व्यक्तिलाई बन्धक बनाएको अभियोगमा तीनजना पक्राउ

मंगलबार, ४ माघ, २०७८
डिजिटल संस्करण

वैदेशिक रोजगारीबाट नेपाल फर्किएका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले तारकेश्वर नगरपालिकाका  ३० वर्षीय रमेश अर्याल, ३२ वर्षीय सञ्जोग राई र मकवानपुरगढी गाउँपालिकाका ३१ वर्षीय गोकुल घिमिरेलाई पक्राउ गरेको हो।

उनीहरूले गत असोज ८ गते दुबईबाट फर्किएका सिराहाका ३० वर्षीय रामेश्वर रामलाई ९ गते होटेलबाट अपहरण गरी बन्धक बनाएका थिए। होटेलमा बसेका रामेश्वरलाई उनीहरूले ज्याठास्थित होटेल प्लेजर होममा पुर्याएका थिए। त्यहाँ रामेश्वरलाई बन्धक बनाएर कुटपिटसमेत गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

मैनालीका अनुसार तीनजनाको समूहले रामेश्वरलाई ज्यान मार्ने धम्की दिँदै झोला र मोबाइल खोसेको थियो। यसबाहेक बन्धक बनाएको कारण अरू पनि हुन सक्ने प्रवक्ता मैनालीको भनाइ छ। उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

सुझावित समाचार