नेप्से सूचक दुई हजार सात सयनजिक पुगेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ४३ दशमलव २९ अंकले बढेर दुई हजार ६ सय ९२ दशमलव ४७ बिन्दुुमा पुुगेको हो ।
त्यस्तै ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ९ दशमलव १६ अंकले बढेर पाँच सय ६ दशमलव १६ बिन्दुुमा पुगेको छ । बुधबार करेक्सन भएको बजारले बिहीबार भने लगानीकर्ता नाफा बुुक राख्ने होड चलिरहँदा बजारान उतारचढाव आइरहे पनि कारोबार बन्द हुने समयमा बजार उच्च अंकले बढेको हो । यस दिन होटेल तथा पर्यटन, वित्त समूूह, निर्जीवन बिमा समूूहको सूचकमा लगानीकर्ता आकर्षित भएका छन् । एक सय ६४ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने २३ वटा स्क्रिप्टको सेयर मूूल्य घटेको छ ।
वाणिज्य बैंकतर्फका सबै बैंकको सेयर मूल्य बढेको छ । फाइनान्सतर्फ गोर्खाज फाइनान्सको सेयर मूल्य घट्दा कारोबारमा आएका अन्य कम्पनीको सेयर मूल्य बढेको छ । जसमा नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । लगानीगत समूूहतर्फ पाँचवटै कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यसैगरी, होटेल तथा पर्यटनतर्फ चारवटा कम्पनीको सेयर मूल्य बढ्दा उत्पादनतर्फका शिवम् सिमेन्ट र बोटलर नेपाल तराईको मूल्य घटेको छ भने हिमालयन डिस्टिलरी र युनिलिभर नेपालको सेयर मूल्य बढेको छ ।
त्यसैगरी, हाइड्रो पावरतर्फका १४ वटा कम्पनी कारोबारमा आएकामा १० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चारवटा कम्पनीको सेयर मूल्य घटेको छ । ट्रेडिङतर्फ विशाल बजार कम्पनी, साल्ड ट्रेडिङ, माइक्रो फाइनान्सतर्फ १० वटा कम्पनीको सेयर मूल्य बढ्दा सातवटा कम्पनीको सेयर मूूल्य घटेको छ । विकास बैंकतर्फ १० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने तीनवटाको सेयर मूल्य घटेको छ ।
बिहीबार कारोबार रकम भने केही घटेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३८ स्क्रिप्टको ७३ लाख बढी कित्ता–इकाइ सेयर बिक्री हुुँदा तीन अर्ब ६७ करोड बढीको कारोबार भएको छ । अपि पावर कम्पनी, एनआइसी एसिया बैंक, नेसनल माइक्रो फाइनान्स कम्पनी, गरिमा विकास बैंक, हिमालयन डिस्टिलरी कम्पनीको १६ करोड रुपैयाँदेखि आठ करोड रुपैैयाँसम्मको सेयर कारोबार भएको छ ।
सेयर गतिविधि
स्वावलम्बन लघुुवित्त वित्तीय संस्थाको सञ्चालक अध्यक्षमा सुुमित्रा मानन्धर गुुरुङ अध्यक्षमा चयन भएकी छिन् । संस्थाको सञ्चालक समितिको तीन सय ८१औँ बैठकले उनलाई अध्यक्ष चयन गरेको हो ।