निर्यात शतप्रतिशतले बढेर पाँच महिनामै एक खर्ब नाघ्यो

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण

कुल निर्यातमा सोयाबिन, पाम र सूर्यमुखी तेलको हिस्सा झन्डै ६० प्रतिशत, निर्यात वृद्धि दिगो हुनेमा आशंका 

नेपालको निर्यात ऐतिहासिक रूपमा बढेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात शतप्रतिशतले बढेर एक खर्ब नाघेको हो । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्ममा नेपालले एक खर्ब दुई अर्ब ९२ करोडबराबरको निर्यात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०५.६१ प्रतिशतले बढी हो । अघिल्लो आवको पाँच महिनामा नेपालले ५० अर्ब पाँच करोड रुपैयाँको निर्यात गर्न सकेको थियो । 

निर्यातले उच्चदरको वृद्धि हासिल गरेको भए पनि यसको दिगोपनामा भने प्रश्न उठिरहेको छ । एउटै वस्तुका भरमा निर्यात बढेको भन्दै सरोकारवालाले निर्यात दिगो हुनेमा आशंका व्यक्त गरेका छन् । यो पाँच महिनामा सोयाबिन, पाम र सूर्यमुखी तेलको आयात करिब ६० अर्ब रुपैयाँबराबरको भएको छ । कुल निर्यातमा यी वस्तुको हिस्सा करिब ६० प्रतिशत रहेको देखिन्छ । 

साढे नौ खर्बको व्यापारमा सवा सात खर्ब घाटा 
नेपालको निर्यात शतप्रतिशतले बढ्दासमेत व्यापार सन्तुलन हुन सकेको छैन । ठूला परिमाणको आयातका कारण व्यापार घाटा झन्–झन् चुलिँदै गएको छ । पाँच महिनामा नेपालले साढे नौ खर्बको व्यापार गर्दा सवा सात खर्ब घाटा व्यहोर्नुपरेको छ । 

मंसिर मसान्तसम्ममा नेपालको कुल व्यापार ६३.५५ प्रतिशतले बढेर नौ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कुल व्यापार पाँच खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँबराबरको भएको थियो । 

त्यस्तै, यस अवधिमा आयात ५९.५५ प्रतिशतले बढेर आठ खर्ब ३८ अर्ब ४० करोड पुगेको छ । गत आवको सोही अवधिमा पाँच खर्ब २५ अर्ब ४९ करोडको आयात भएको थियो ।

पाँच महिनामा भएको मुख्य वस्तुको आयात (रु. हजारमा)

पाँच महिनामा भएका मुख्य वस्तुको निर्यात (रु. हजारमा)

See More On

सुझावित समाचार