तीनजनामा कोभिड भेटिएपछि सांघाईमा पाँच सयभन्दा बढी उडान रद्द, विद्यालयहरू बन्द

शुक्रबार, १० मंसिर, २०७८
डिजिटल संस्करण
तीनजनामा कोभिड भेटिएपछि सांघाईमा पाँच सयभन्दा बढी उडान रद्द, विद्यालयहरू बन्द

फाइल फोटो ।

चीनको सांघाईमा तीन कोरोना भाइरसका घटना भेटिएपछि सयौँ उडानहरू रद्द गरिनुका साथै केही विद्यालयहरू बन्द गरिएको छ। चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शुक्रबार सांघाईले यस्तो कदम चालेको हो। बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रूपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ।

साघांईबाट नजिकै पर्ने सहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको संक्रमण देखापरेको जनाइएको छ।  बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना संक्रमण भएका यी तीनैजनाले पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ। शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट पाँच सयभन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन्। रासस/एएफपी

सुझावित समाचार