निजी क्षेत्रले निजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री शर्मा

बुधबार, ८ मंसिर, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रले निजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने अवस्था आएको बताएका छन्। नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै निजी क्षेत्रले निजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका हुन्।

‘अहिले सरकारको बजेट र लगानी सानो रहेको छ, हामीले निर्माण गरेका संरचनाहरूको खर्च गर्ने प्रवृत्ति हेर्दा चालू खर्चलाई मात्रै पनि धान्न समस्या छ। यसले गर्दा नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ। अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको छ। भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त बन्दै गएको छ।  कोभिड पछिको आर्थिक पुनरुउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको छैन। निजी क्षेत्रको खाजेजस्तो सहुलियत पूरा गर्ने प्रयास जारी छ,’ उनले भने।

अर्थमन्त्री शर्माले निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे। निजी क्षेत्रका केही व्यवसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको उनले बताए।

सुझावित समाचार