इन्साइट टेक्नोलोजीलाई साइबर सेक्युरिटी अवार्ड

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि. अन्तर्राष्ट्रिय पुरस्कार ‘एआई इन साइबर सेक्युरिटी अवार्ड’बाट सम्मानित भएको छ।  इन्डोनेसियाको जकार्तामा आयोजित एसोसियो डिजिटल एआई अवार्ड २०२६  मा इन्साइट टेक्नोलोजीलाई सूचना प्रविधि तथा साइबर सुरक्षा प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको  कदरस्वरूप सो अवार्ड प्रदान गरिएको हो ।  

एसोसियो एसिया र ओसिनियाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसिनहरू समेटिएको एक क्षेत्रीय आइसिटी उद्योग हो। सन् १९८४ मा स्थापित यस संस्थाले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ। यो सम्मान विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, प्रतिक्रिया, निगरानी र सुदृढीकरणमा एआईको प्रभावकारी प्रयोग गरेबापत प्रदान गरिएको हो। 

७ अक्टोबर २०२६ मा जकार्तामा आयोजित कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा सिइओ  सुमन के. शर्माले एसोसियो बोर्ड, अवार्ड विजेताहरू तथा एसिया–ओसियाना क्षेत्रका प्रविधि विज्ञहरूसमक्ष कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षा दृष्टिकोण प्रस्तुत गरेका थिए।

सन् २०११ मा आइटी सोलुसन इन्टिग्रेटरको रूपमा स्थापित इन्साइट टेक्नोलोजी हाल सयौँ संस्थाहरूलाई सेवा दिने साइबर सुरक्षा र म्यानेज्ड टेक्नोलोजी सेवा प्रदायकको रूपमा विकसित भएको छ। 

अवार्ड पाएपछि इन्साइट टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक तथा सिइओ शर्मा भन्छन्, ‘यो अवार्ड हाम्रा इन्जिनियरहरू, हाम्रा विश्लेषकहरू र नेपाली कम्पनीका अति संवेदनशील प्रणालीहरूमा विश्वास गर्ने हाम्रा राष्ट्रीय तथा, अन्तर्राष्ट्रिय  ग्राहकहरूको हो। हामीले प्रत्येक संस्थालाई उन्नत साइबर सुरक्षा पहुँचयोग्य बनाउन इन्साइट टेक्नोलोजीको स्थापना गरेका हौँ। हामी क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न र नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा इकोसिस्टममा कस्तो योगदान दिन सक्छन् भन्ने, प्रदर्शन गर्न पाँउदा गौरवान्वित भएका छौँ ।’ 

इन्साइट टेक्नोलोजी प्रा. लि. एक साइबर सुरक्षा सेवा प्रदायक हो, जसले विगत १५ वर्षदेखि  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विविध सूचना प्रविधि र साइबर सुरक्षा प्रविधिसम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।   
 

सुझावित समाचार