नेपालले कतारलाई दियो १३० रनको चुनौती

बुधबार, १ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा कतारलाई एक सय ३० रनको चुनौती दिएको छ। कतारको दोहामा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनायो।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको योगदान दिइन्। उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक अर्धशतक प्रहार गरेकी हुन् । कविता कुँवरले ३१ रनको योगदान दिइन्। अप्सरी बेगम २३ रन र कविता जोशी शून्य रनमा अविजित रहे। 

कतारकी  एन्जेलिनले दुई तथा एलिना, साची र सबिजाले एक एक विकेट लिए। 


नेपाल आजको खेल जित्दै सिरिज कब्जा गर्ने लक्ष्यमा छ। नेपालले यसअघि मंगलबार भएको पहिलो खेलमा कतारलाई एक सय १९ रनले हराएको थियो। अन्तिम खेल बिहीबार हुनेछ।

सुझावित समाचार