सर्वोच्च अदालतका न्यायाधीशहरू छलफलमा रहेका वेला न्यायाधीश कुमार चुडाल इजलासमा बसेका छन्। बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश चुडालको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि तोकेका दुई एकल र चार संयुक्त इजलासमध्ये चुडालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको एक रिटमा कारण देखाऊ आदेश जारी गरेको हो। आगामी रणनीति तय गर्न अहिले प्रधानन्यायाधीशबाहेक सर्वोच्चका न्यायाधीशहरू छलफलमा छन्।