सर्वोच्च अदालत बार एसाेसिएसनका सचिव ऋषिराम घिमिरेले आवश्यकताको समयमा राजनीतिक दल रमिता हेरेर बसेका बताएका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा बसेको धर्नापछि जारी कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय संकटमा परेको उनले बताए। ‘इमानदारीका साथ राजीनामा नदिए नांगेझार पारेर हटाउनुपर्ने अवस्था आउँछ,’ उनले भने।