भारतविरूद्ध पाकिस्तानको सानदार जीत

आइतबार, ७ कार्तिक, २०७८
डिजिटल संस्करण

टी–२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जीत हात पारेको छ। टस हारेर पहिलो व्याटिङमा उत्रिएको भारतले पाकिस्तानलाई १ सय ५२ रनको लक्ष्य दिएको थियो। पाकिस्तानले १७.५ ओभरमा लक्ष्य पछ्याउँदै सानदार जीत निकालेको हो। 

पाकिस्तानका मोहमद रिजवानले ७९ रन र कप्तान बाबर आजमले ६८ रनको योगदान गरे।
पहिलो पारिमा भारतले ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। भारतका कप्तान विराट कोहलीले ५७ रन र ऋषभ पन्तले ३९ रन जोडेका थिए।

यो सँगै विश्वकपमा पाकिस्तानविरुद्ध भारतको अपराजित इतिहासमा पूर्णविराम लागेको छ।

सुझावित समाचार