गोरखामा ४.३ रेक्टरको परकम्प

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

गोरखाको मानबु आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। परकम्पको धक्काको महसुस भई स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए। भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महसुस गरिएको थियो।

See More On

सुझावित समाचार