दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि सरकार विस्तार : उपेन्द्र यादव

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन्। दल विभाजनसम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने उनले बताए।  हालसम्म मन्त्रालयको बाँडफाँड पनि नभएको उनले जानकारी दिए। 

‘पहिलो, कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ। त्यो भइसक्या छैन। दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुन्छ। र, त्यो खारेज हुनेबित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ,’ उनले भने। उक्त अध्यादेशले लोकतन्त्रलाई अस्थिर बनाउने उनको भनाइ छ। 
 

सुझावित समाचार