उपेन्द्र यादवको आह्वान–संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध गरौँ

शनिबार, २ असोज, २०७८
डिजिटल संस्करण

जसपा अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका विभेदकारी कानुनको विरोध गर्न आह्वान गरेका छन् । संविधान दिवसको अघिल्लो दिन शनिबार प्रेस विज्ञप्ति जारी गरेर यादवले संविधान संशोधनको आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रम गरी विरोध गर्न आज जनसमुदाय र पार्टी संगठनहरूलाई आह्वान गरेका हुन् ।

मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायका साथै उत्पीडित जात, जाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न नसकेको यादवको तर्क छ । उनले संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन, स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको पनि दाबी गरेका छन् ।

सुझावित समाचार