युवा पुस्तासँग जोडिन अभियान चलाउँदै सभापतिका आकांक्षी निधि

मंगलबार, २९ भदौ, २०७८
डिजिटल संस्करण

कांग्रेस उपसभापति विमलेन्द्र निधिले युवा पुस्तासँग जोडिने अभियान थाल्ने भएका छन्। युवा पुस्तामा रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विषयबारे ज्ञान आदान–प्रदान गर्न अभियान सञ्चालन गर्न लागेको निधिले जानकारी दिएका छन्। 

निधिले युवा पुस्तासँग अहिलेसम्म कुनै पनि राजनीतिक दलहरूले अनुभव आदान–प्रदान नगरेकाले आफूले यस्तो अभियान चलाउन लागेको दाबी गरेका छन्।

छिट्टै सञ्चालन गरिने अभियान न्तर्गत कांग्रेसको इतिहास र उपलब्धिको प्रसार गरिने बताइएको छ। निधिले  १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएको घोषणा गरिसकेका छन् । 

सुझावित समाचार