महामारीविरुद्ध विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

कोभिड– १९ महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न चीनले अमेरिकालाई आग्रह गरेको छ । चीनले अमेरिकालाई महामारीविरुद्ध लड्न तथा भाइरसको उत्पत्तिबारे पत्ता लगाउने कार्यमा समन्वय र सहयोग गर्न आग्रह गरेको हो।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो बताएका हुन्। उनले भने,  ‘अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहकार्य गर्नुपर्छ।’

प्रवक्ता यनबिनले सहकार्य गर्न सकियो भने मात्र विश्व समुदायले महामारीबाट मुक्ति पाउन सम्भव हुने बताएकाे समाचारमा उल्लेख छ। हालै मात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको आरोप लगाएपछि सोमबार चीनको यस्तो धारणा आएको हो।

प्रवक्ता यनबिनले यससम्बन्धी अनुसन्धान गर्न चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिँड्न सक्नुपर्ने धारणा राखेका छन्। रासस

See More On

सुझावित समाचार