मेलम्चीको बाढीले थप तीन घर बगायो

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची– ६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले  स्थानीयवासी  कृष्णबहादुर, भोजबहादुर र दीपेश थापाको घर बगाएको  जानकारी दिए ।  

थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत साउन १६ पछिको बाढीले अहिलेसम्म एक सय ११ घरटहरा बगाइसकेको छ ।

गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँचजनाको अकालमा मृत्यु भएको छ भने ६ घाइते  र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।

See More On

सुझावित समाचार