राष्ट्रिय सभामा सांसदले भने– कोरिया जान रोकिएका कामदारलाई जाने व्यवस्था गर

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले कोरिया जान रोकिएका नेपाली कामदारलाई कोरिया जाने व्यवस्था  मिलाउन सरकारसँग माग गरेकी छिन्।  शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै बेलवासेले वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदार दुई देशबीचमा भएका समस्याका कारण कोरिया जान नपाएको भन्दै उनीहरूलाई कोरिया जाने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन्।

‘कोरिया जानका लागि तयार भएर बसेको ठूलो जनसमुदाय अहिले पनि यत्तिकै बसिराखेको छ। उहाँहरूले जानका लागि सबै प्रक्रियाहरू पूरा गर्नुभयो, तर यताबाट पठाउने र उताबाट रिसिभ गर्ने दुई देशको बीचमा केही समस्या भएको कारणले उहाँहरू अड्किराख्नुभएको छ । उहाँहरूको व्यवस्था गरियोस् भन्ने पनि म माग गर्न चाहन्छु।’

उनले वैदेशिक रोजगारीमा जान लागेकाहरू क्युआर कोडका लागि, भ्याक्सिन र प्रमाणित कार्डका लागि विभिन्न ठाउँमा लाइन बसिराख्नुपर्ने भएकाले लाइन बसिराख्नुनपर्ने खालको व्यवस्था गर्नका लागि पनि सरकारसँग अनुरोध गरिन्।
 

See More On

सुझावित समाचार