गएराति मेलम्ची खोलामा आएको बाढीले सात घर बगायाे

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची– ११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची– ११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको ६ र पुरानो बजारको एक घर बगाएको हाे ।

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । 

उनका अनुसार बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे बजार, मेलम्ची– १२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ ।     

   
 

See More On

सुझावित समाचार