रेनो कारको काठमाडौं र भक्तपुरका लागि अधिकृत डिलर जी मोटर्स प्रालिले नायिका प्रियंका कार्कीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलाल र नायिका कार्कीबीच ब्रान्ड पर्वद्धनका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।
जी मोटर्सका सञ्चालक गेलालका अनुसार नायिका कार्कीले विशेषतः रेनो डस्टरलाई पर्वद्धन गर्नेछिन् । ‘यो सम्झौताबमोजिम नायिका कार्कीले ४ वर्षसम्म जी मोटर्सका प्रडक्टको क्रस प्रमोसन गर्नेछिन्, साथै उनको फेसबुक र इन्स्टाग्रामबाट पनि प्रमोसन गर्नेछिन्’ गेलालले भने ‘यो हाम्रा लागि एकदम खुसीको क्षण हो । हामीले हाम्रा स्टार नायिकालाई ब्रान्ड प्रमोसनको सम्झौता गर्न पाउँदा नेपाली चलचित्र क्षेत्रले पनि प्रगति गरेको आभाष भएको छ ।’
उनका अनुसार चाँडै नै नेपाली बजारमा सार्वजनिक हुन लागेको रेनो सबकम्प्याक्ट जिप किगरको पनि नायिका कार्कीले पर्वद्धन गर्नेछिन् । जी मोटर्सको देशभर चारवटा आउटलेट रहेका छन् ।