सन् २००० को २१ जुलाईमा बंगलादेशी प्रधानमन्त्री सेख हसिनाको हत्या प्रयास गरेका १४ योजनाकारलाई सोमबार ढाकाको एक अदालतले फाँसी सजाय सुनाएको छ । हरकत उल जिहाद बंगलादेशी संठगनमा आबद्ध १४ आरोपीलाई २१ वर्षपछि फाँसी सजाय सुनाइएको एजेन्सीहरूले जनाएका छन् ।
२१ वर्षअघि गोपालगन्जको कोट्लीपाडास्थित मैदानमा ती आतंकारीले ७६ किलोग्रामको विस्फोटक पदार्थ बिछ्याएका थिए । सोही मैदानमा हसिनाको चुनावी ¥याली सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री हसिना मैदानमा ओर्लनुअघि नै सुरक्षाकर्मीले विस्फोटक पदार्थ पत्ता लगाएका थिए । तत्कालै चुनावी ¥याली स्थगित गरिएको थियो ।
फाँसी सजाय सुनाइएकामध्ये पाँचजना अझैसम्म फरार छन् । विस्फोटनको योजनाकारमध्ये नौ अदालतमा उपस्थित भएका थिए । एजेन्सीहरूका अनुसार फाँसीको अन्तिम मञ्जुरी सर्वोच्च अदालतले दिनेछ ।
न्यायाधीश जफर मोहमदले सर्वोच्च अदालतले मुद्दाको समीक्षा गर्ने बताएका छन् । सर्वोच्च अदालतले पनि पूर्ववत् फैसलालाई नै सदर गरे सबै आरोपीले फाँसी सजाय पाउनेछन् ।