सन् १९९८ : चीनको ग्रेटवालको केही खण्ड फेला परेको थियो । उत्तरी चीनको सानो स्वायत्त क्षेत्र निनजिक्सयाको हुवीमा थप २५ किलोमिटर पर्खाल फेला परेको थियो । योसँगै चीनको पर्खालको कुल क्षेत्रफल सात हजार ३०० किलोमिटर पुगेको थियो ।
सन् १८६८ : जोन विलिस मेनार्ड अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा निर्वाचित भएका थिए । मेनाड अमेरिकी संसद्मा निर्वाचित हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् ।
सन् १९७३ : अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा अन्तरिक्षमा म्यारिनर १० यान पठाएको थियो । म्यारिनर १० बुध र शुक्रग्रहमा एकैपटक उड्ने पहिलो यान हो ।
सन् १९७८ : डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिबियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश थियो ।
सन् २०१४ : सन् २००१ को ११ सेप्टेम्बरमा अतिवादी सञ्जाल अलकायदाले वर्ल्ड ट्रेड सेन्टरमा हमला भएको थियो । सन् २०१४ मा पुरानो कम्प्लेक्सनजिकै अर्को वर्ल्ड ट्रेड सेन्टर खुला गरिएको थियो ।