नेकपा प्रचण्ड–नेपाल पक्षका नेता लीलामणि पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा रहेको र निर्णय आइनसकेका कारण निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन नमिल्ने बताएका छन् ।
निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग छलफल गर्ने बोलाएको बैठकमा सहभागी भएका पोखरेलले निर्वाचनसँग सम्बन्धित कुनै काम अघि नबढाउन आयुक्तहरूलाई भनेको बताए ।