माइनस १४ डिग्री तापक्रम भएको पोखरीमा रुसी राष्ट्रपति पुटिनको डुबुल्की

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

रुसका ६८ वर्षीय राष्ट्रपति भ्लादिमिर पुटिनले माइनस १४ डिग्री सेल्सियस तापक्रम र आसपास हिउँले भरिएको पोखरीमा डुबुल्की लगाएको तस्बिर मंगलबार सार्वजनिक भएको छ । मस्कोनजिकैको पौडीपोखरीमा उनले डुबुल्की लगाएको फोटो उनकै ट्विटर ह्यान्डलबाट सार्वजनिक भएको थियो । 

हुन त राष्ट्रपति पुटिनले यसअघि पनि यस्ता काम नगरेका भने होइन । बन्जी जप्पिङ, माउन्टेन क्लाइमिङ, हर्स राइडिङ, मार्सल आर्टलगातय साहसिक काम गरेको फोटोहरू पटकपटक सार्वजनिक हुने गरेका छन् । तर, यसपटकको उनको डुबुल्की भने साहसिक कार्य वा मनोरञ्जनका लागि थिएन । उनी धर्मनिष्ठ इसाईको रूपमा प्रस्तुत भएका थिए ।

यो दिनलाई रसियामा फिस्ट डे वा इपिफनी भनेर मनाइन्छ । हरेक वर्ष इपिफनीका दिन धर्मनिष्ठ इसाईले नदी, ताल वा पोखरीमा डुबुल्की लगाएर ईश्वरको प्रार्थन गर्छन् । यो डुबुल्कीलाई निकै नै धार्मिक अनुष्ठानका रूपमा मानिन्छ । जनविश्वास छ कि इपिफनीको रातमा हरेक नदी, ताल पोखरीको पानी पवित्र हुन्छ । जसले मानिसका हरेक पाप पखाल्छ । हुन त पुटिन कम्युनिस्ट शासन व्यवस्थामा हुर्के–बढेका हुन्, तैपनि उनी एक धर्मनिष्ठ व्यक्ति पनि हुन् ।

सुझावित समाचार